कैलालीको अत्तरिया बसपार्कबाट बाघको छाला सहित २ पक्राउ

अत्तरिया- कैलालीमा बाघको छालासहित २ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ अत्तरिया बसपार्कबाट ३ फिट लम्बाई र ५ ईन्च चौडाई भएको बाघको छाला सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले अछामको चौरपाटी गाउँपालिका वडा नं. ५ का १८ वर्षीय सुवाश बोहरा र १७ वर्षीउ सुनिल बोहरालाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो ।

ADD Khali jpg
Loading...