अत्तरिया- कैलालीको अत्तरियामा रहेको जेसिसले अंग्रेजी भाषा सिक्न चाहने बिद्यार्थीहरुलाई विशेष छुटका साथ अंग्रेजी भाषा सिकाउने व्यवस्था गरेको छ ।




जेसिसले युवाहरुको नेतृत्व विकास गर्नको लागि महत्वपूणर् भूमिका निर्वाह गर्दै आइरहेको छ । अत्तरिया जेसिसले २० प्रतिशत सम्मको छुट उपलब्ध गराई सिमित सिट संख्यामा बिद्यार्थीहरुलाई अंग्रेजी भाषा सिकाउने भएको हो । जेसिसले यही फाल्गुन १ गते देखि १५ गते सम्म भर्ना कार्यक्रम चल्ने जनाएको छ ।







अत्तरिया जेसिसका अध्यक्ष र काठमाडौं ल्याङ्गुइज एण्ड कम्प्युटर ट्रेनिङ सेन्टरका सञ्चालकद्वारा सम्झौता भई बिद्यार्थीहरुलाई २० प्रतिशत छुटका साथ अत्तरिया स्थित काठमाडौं ल्याङ्गुइज एण्ड कम्प्युटर ट्रेनिङ सेन्टरमा उक्त भाषा सिकाइने भएको हो ।
अत्तरिया जेसिसका अध्यक्ष मान वहादुर ऐरले यस क्षेत्र भित्रका बिद्यार्थीहरुको व्यक्तित्व विकास अन्तर्गत विश्वव्यापी रुपमा आवश्यक अंग्रेजी भाषाको अहम भूमिका हुने भएको हुँदा यस क्षेत्रका बिद्यार्थीहरुको लागि अंग्रेजी भाषामा बोल्ने क्षमता विकाश गर्नुका साथै आत्मनिर्भर बनाउनको लागि विशेष छुटका साथ भाषा सञ्चालनमा ल्याएको बताए ।
उनले अंग्रेजी भाषाले बिद्यार्थी जीवन लगायत दैनीक जीवनमा पनि महत्वपूणर् भूमिका खेल्ने भएकोले इच्छुक युवा बिद्यार्थीहरुलाई तिनीहरूको व्यक्तित्व विकासका साथै शिक्षा क्षमता विकास वृद्धिका लागि अंग्रेजी भाषामा २० प्रतिशत सम्मको छुट प्रदान गरिएको बताए । उक्त भाषा अत्तरिया स्थित काठमाडौं ल्याङ्गुज एण्ड कम्प्युटर सेन्टरमा सञ्चला गर्दै आइरहेको जानकारी दिए ।
अध्यक्ष मान वहादुर ऐरले भने, ‘जेसिसले युवाहरुलाई सक्रिय नागरिक बन्न र सामाजिक, आर्थिक विकास, अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशाको प्रयासमा भाग लिन प्रोत्साहित गर्दै आइरहेका’ उनको भनाई छ ।




