कैलालीको अत्तरियामा स्वच्छ मासु पसल सञ्चालनमा

अत्तरिया- कैलालीको अत्तरिया धनगढी रोड स्थित स्वच्छ मासु पसल सञ्चालनमा आएको छ । मासु स्टेसन नाम दिएर उक्त मासु पसल सञ्चालनमा आएको हो । सोमबार सञ्चालनमा आएको मासु पसल अत्तरिया चर्चका पास्टर नन्द सिंहले रिबन काटेर उद्घाटन गरेका हुन ।

Navadurga sun

करिब २२ लाखको लगानीमा सञ्चालनमा ल्याइएको मासु पसलमा विशेष गरी मासुका पारखीहरुलाई ताजा स्वस्थप्रद मासुहरुको व्यवस्था गरी उपलब्ध गराउने संचालक राजेश लामाले बताए । उनले ग्राहकहरुलाई सफा र स्वस्थ मासु उपलब्ध गराउने बताए।

उनले सञ्चालमा ल्याएको यस मासु पसलमा स्वस्थप्रद कुखुरा, माछा र खसीको मासु, फ्रोजन् मासुका परिकारहरु साथै कुखुरा अण्डा लगायत घरमै तयार पारिएको मःमः सुपथ मुल्यमा उपलब्ध गराउने बताए ।

संचालक राजेश लामाले ग्राहकहरुलाई विवाह, पार्टी लगायत अन्य थुप्रै कार्यक्रमहरुमा माग गरे अनुसारका आवश्यक मासुहरुका परिकारहरु उपलब्ध गराउने साथै यस क्षेत्र भित्र फ्री डेलिभरीको सुविधा समेत रहेको बताए ।

ADD Khali jpg
Loading...