कैलालीको चुरेमा फागुन ११ गते देखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने

प्रकाशबहादुर बोहरा/अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान २०७९ फागुन ११ गते देखि संचालन गर्ने भएको छ । “हात्तीपाईले विरुद्धको औषधी खाऔं : यो बर्षलाई अब अन्तिम बनाऔं” भन्ने मुल नाराका साथ उक्त आयोजना संचालन हुन लागेको हो ।

Ganyapdhura gau

चुरे गाउँपालिका भित्रका आम जनसमुदायको स्वास्थ्य सम्बन्धी प्रत्यक्ष सरोकारबाला लगायत सम्पूर्णलाई राष्ट्रिय हात्तीपाइले रोग निबारण कार्यक्रमको अभियानमा सहयोगको लागि अनुरोध समेत गरिएको छ ।

Navadurga sun

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले हात्तिपाईलेको औषधी खुवाउदा प्रत्यक्ष निगरानिमा खुलाउनु पर्ने बताए ।

Dadhaldhura pur

‘अभियान सफल पार्नको लागि हामि सबैले मिल्नु पर्छ ।’ अध्यक्ष बोगटीले भने, ‘सरोकारवाला पक्ष, सुरक्षकर्मी, बिद्यार्थी, संघसंस्था, पदाधिकारी पक्ष, आमा समूह, स्वास्थ्य स्वयम सेवीका सबै मिलेर अभियान लागे भने मात्र सफल हुने छौं एउटा गाउँपालिकाले चाहेर मात्रै सफल हुन सक्दैनौ ।’

औषधी वितरण गर्दा खेर एउर्टै परिवारमा हामी १० जना छौं भनेर औषधी लैजान्छन त्यो औषधी कस कसले खायो निगरानी हुन सक्दैन । यसरी लगिएको औषधी सबैले नखाने गरेको अध्यक्ष बोगटीले बताए ।

हात्तीपाईले (फाइलेरिया) रोगबाट बच्न र बचाउनका लागि सुरु गर्न लागेको फागुन ११ गते देखि खुवाउने अभियान केन्द्र, कार्यालयहरु, टोल छिमेकमा गई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गराउनु पर्ने बताए ।

‘औषधी सेवन गराउदा सुरक्षाकर्मीको हातबाट हुन्छकी गाउँपालिकाबाट दिइने सेवाबाट बन्चीत गराएर हुन्छ की जसरी भएर पनि खुलाउनु पर्छ ।’ उनले भने, हामीले घर घरमा गएर खुवाउनु पर्छ । एक टोलमा गएर बसे पछि एक जना आउने घर भरिका लागि औषधी लैजाने गर्छन यसरी लगिएको औषधी सबैले सेवन गर्छ भन्ने नभएको उनले बताए ।

त्यस्तै २ बर्षमुनीका, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधी सेवन गर्न नसकिने उनले बताए । हात्तिपाईले रोग निवारण गर्नमा सबैले आ-आफ्नो ठाउँबाट औषधी सेवन गर्ने प्रतिबद्धता गर्नु हुन पनि अनुरोध गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...