डाक्टरमाथि प्रहरीले कुटपिट गरेको विरोधमा देशभरका अस्पतालमा आज आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं- नेपाल चिकित्सक संघले देशैभरका अस्तालमा आकस्मिक सेवाबाहेक अन्य सम्पूर्ण सेवा आजका लागि बन्द गरेको छ। संघका आजीवन सदस्यसमेत रहेका राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायतमाथि प्रहरीले माघ २७ गते लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले आइतबार देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गरेको छ।

भीभीआइपीको सुरक्षाका नाममा प्रहरीले स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकलाई आक्रमण गरी गम्भीर घाइते बनाइनु र स्वास्थ्य सेवा लिन आइरहेका हजारौं बिरामीलाईसमेत अस्पताल पुग्न नदिएर अलपत्र पार्ने अवस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा। बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हेर्नुस् विज्ञप्ति:

Loading...