विद्यालय भवन जीर्ण

बैतडी- विक्रम संवत् २००६ मा स्थापित बैतडीको वासुदेव आधारभूत विद्यालय जीर्ण अवस्थामा पुग्दा पनि पुनर्निर्माणको पहल कतैबाट हुन सकेको छैन ।सुर्नया गाउँपालिका–३, तडिगाउँको वासुदेव आधारभूत विद्यालयमै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्राथमिक शिक्षा लिनुभएको थियो । विद्यालय भवनको छानाले घामपानी छेक्ने अवस्था छैन ।

Ganyapdhura gau

जीर्ण भवन कति बेला भत्किने हो भन्ने डरैडरमा विद्यार्थी अध्ययन गर्न बाध्य छन् । २००६ सालमै भारतबाट सात जना शिक्षक ल्याई विद्यालय सञ्चालन गरिएको थियो । कक्षा ८ सम्म पढाइ हुने सो विद्यालयमा ९७ जना विद्यार्थी छन् । अहिले दरबन्दीमा तीन शिक्षक रहेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रधानाध्यापक सुन्दरदेव भट्टका अनुसार गाउँपालिकाले नियुक्त गरेको शिक्षक भए पनि माथिल्लो तहमा नेपाली विषय पढाउने शिक्षक छैनन् । २०७२ सालमा निर्मित तीनकोठे भवनलाई बीचमा बार लगाएर छ कोठा बनाई कक्षा सञ्चालन गरिएको छ । पछिल्लो समय भूकम्पको धक्का आउन थालेपछि विद्यार्थीलाई कक्षाकोठाबाहिर राखेर अध्यापन गरिएको बताइन्छ ।

वासुदेव आधारभूतमा वि.सं. २०१९ मा कक्षा ९ सम्मको पढाइसमेत हुन्थ्यो । २०२० सालमा यही विद्यालयको नामबाट अर्को गाउँमा वासुदेव मावि सञ्चालन भएपछि यहाँ कक्षा घटेर ५ सम्मको पढाइ हुन थाल्यो । अहिले कक्षा ८ सम्मको पढाइ भइरहेको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पिता महावीर चन्द यो विद्यालयका संस्थापक हुनुहुन्छ । भारतबाट शिक्षक बोलाएर सञ्चालन भएको वासुदेव आधारभूत विद्यालयमा केही समय लोकेन्द्रबहादुर चन्दले शिक्षक बनेर पनि अध्यापन गरेको पूर्वविद्यार्थी तर्कराज भट्टले बताए । यो विद्यालयमा पूर्वप्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले समेत प्रारम्भिक शिक्षा हासिल गरे ।

 

Couple
Loading...