अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले धनगढीमा रहेको दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । मेयर विरेन्द्र भट्टले बिहिबार फाउन्डेसनमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले धनगढी स्थित सडक मानवलाई आश्रय दिदै आएको दृष्टि फाउन्डेसन नेपाललाई २ लाख ५० हजार बराबरको खाद्यान्न र कपडा सहयोग गरेको हो ।
नगरपालिकाले फाउन्डेसनलाई खाद्यान्न, लुगाकपडा लगायत सामग्री सहयोग गरेको हो । सामग्री एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले दृष्टि फउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई हस्तान्तरण गरेका हुन ।
सामग्री हस्तान्तरण गर्दै प्रमुख भट्टले सार्वजनीक स्थलमा कष्टकर जीवन बिताई रहेका, बेसहारा व्यक्तिहरुलाई केहि भए पनि राहत पुगोस भन्ने हेतुका साथ दृष्टि फउन्डेसनले उत्कृष्ट कार्य गरेको बताए । उनले नगरपालिकाले समाजप्रतिको उत्तरदायित्व निभाएको बताए । यस्तै सहयोगका लागि दृष्टि फाउन्डेसन नेपाल धनगढीले गोदावरी नगरपालिकालाई धन्यवाद व्यक्त समेत गरेको छ ।