कैलालीको अत्तरियामा वाईवाई एसईई आइडलको आठौँ अडिसन सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा वाईवाई एसईई आइडलको आठौँ अडिसन सम्पन्न भएको छ । प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले आयोजना गरिरहेको सुदूरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको बुधबार अत्तरियाको दुर्गालक्ष्मी नमूना मा.वि.मा आठौँ अडिसन सम्पन्न भएको हो ।

Bhancha ghar0

२०७९ पुसमा सुरु भएको यस कार्यक्रमका अडिसनहरु २०८० जेष्ठ सम्म सुपका ९ वटै जिल्लामा आयोजना हुनेछन् भने २०८० असार २ गते फाईनल धनगढीमा सम्पन्न हुनेछ । सुदूरपश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई मात्र फाईनलमा समावेश गरिनेछ ।

नृत्य तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमशः रु.५० हजार र रु. २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमशः रु २० हजार र रु.१० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पार्नेछन् । साथै दुवै विधाका विजेता र उप-विजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । यस कार्यक्रममा एसपिए र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।

Leave A Reply

Your email address will not be published.