कैलालीको रानी जमरा आयोजनालाई २ अर्ब ३५ करोड बजेट





अत्तरिया, १५ जेठ- सरकारले आगामी आर्थिक बर्षको बजेटमा कैलालीको रानी जमरा कुलरिया सिँचाई आयोजनालाई पनि समेटेको छ । राष्ट्रिय गौरवको सिँचाई आयोजनाका लागि दुई अर्ब ३५ करोड बजेट विनियोजन गरिएको हो । अध्यादेश मार्फत ल्याइएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी बर्ष ९ किलोमिटर नहर निर्माण गर्दै थप तीन हजार हेक्टरमा सिँचाई सुविधा पुग्ने बताए ।


तीन बर्षभित्र आयोजनाको सम्पूणर् काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने २० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाईको सुविधा पुगाउने लक्ष्य राखिएको छ । त्यहाँ चार मेघावाटको विद्युत पनि उत्पादन हुने अर्थमन्त्री पौडेलले उल्लेख गरे ।



