कैलालीको गोदावरीका ३ जना कराते खेलाडी नगद सहित सम्मानित

अत्तरिया- कैलालीको गोदावरीका ३ जना कराते खेलाडी नगद सहित सम्मानित भएका छन् । गोदावरी नगरपालिका वडा नं. १२ ले ३ जना कराते खेलाडीहरुलाई नदग सहित सम्मानित गरेको हो ।

Dadeldhura hospital

मंगलबार वडामा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष भीम बहादुर खड्काले राष्ट्रियस्तरमा कराते खेलेर पदक जितेका आनन्द बिक, पुजा सुनार र बिष्णु विकलाई नगद सहित नगद सहित सम्मानित गरेका थिए ।

Navadurga sun
Godawari sandesh

वडाले पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा करातेमा स्वणर् पदक जित्ने आनन्दलाई १५ हजार नगद सहित सम्मानित गरेको हो भने १२ औं राष्ट्रपति रनिङ सिल्डमा प्रथम भएकी बिष्णु र दोस्रो भएकी पुजालाई ६/६ हजार नगद सहित सम्मानित गरेको छ । वडा अध्यक्ष खड्काले कराते खेलाडीले वडालाई चिनाउन खेलेको भूमिकाको सम्मान गर्दै नगद सहित सम्मानित गरिएको बताए ।

Loading...