धनगढी- कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल मार्फत यातायात ब्यवसायी तथा मजदूर संगठनहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै १५ दिने अल्टिमेटम बारे स्मरण गराएका छन् ।
मंगलबार बिहान तीनवटै यातायात मजदूर संगठनका नेतृत्व र यातायात ब्यवसायीहरुको टिमले कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अशोक सिहंलाई भेटेर मन्त्रीलाई बुझाएको दशबुँदे मागपत्रको ध्यानाकर्षण गराउँदै १५ दिने अल्टिमेटम बारे स्मरण गराएका हुन् । मन्त्री श्रेस्ठलाई बुझाएको ज्ञापनपत्रलाई फेरी स्मरण गराउँदै संगठनका नेताहरुले तोकेको समयभित्र माग सम्बोधनका लागी अनुरोध गरेका छन् ।

सरकारलाई दिएको १५ दिनको समय फागुन २ गते सकिदैँछ । यस बीचमा माग सम्बोधन भए निर्धारित कार्यक्रम फेरबदल हुने नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताएका छन् । राज्यका संरचनाहरु मजदुर दमनमा उत्रिएपछि अन्तिम विकल्पका रुपमा काम रोकेर आन्दोलनमा जाने निणर्य गर्नु परेको उनले बताए ।
फागुन २ गतेभित्र माग सम्बोधन नभए ३ गतेदेखि देशभरीका श्रमिक, स्वरोजगार व्यवसायी र व्यवसायीहरु सम्पूणर् सवारीसाधन घर, ग्यारेजमा थन्क्याएर आन्दोलनमा जानु पर्ने विषय उनिहरुले प्रमुख जिल्ला अधिकारी र डिआइजी मार्फत संगठनहरुले सरकारलाई सुझाएका छन् । ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्थानिय क्षेत्रका समस्या आफु सम्बोधन गर्ने प्रतिबद्धता जनाए । कानुनको कार्यान्वयन गर्ने सबैको दायित्व रहेको स्मरण गराउँदै कटेलले कानुन बिपरित गरिने कार्य रोक्ने प्रतिबद्धता जनाए ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ तथा यातायात ब्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखलाई ध्यानाकषण गराएका हुन् । मजदूर संगठन संगै नेपाल यातायात ब्यवसायी महासंघका सुदूरपश्चिम अध्यक्ष टेकराज जोशी, सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका अध्यक्ष पदम सापकोटा लगायतको उपस्थितीमा ज्ञापनपत्रको ध्यानाकर्षण गराइएको हो ।
उनीहरुको ज्ञापनपत्र बुझ्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अशोक सिहंले सरकारले नितिगत रुपमा गर्नुपर्ने कामका लागी ज्ञापनपत्र पठाउने र आफुले गर्ने काममा ब्यवहारिकता अनुसार सहजता गर्ने बताए । यातायात ब्यवसायीपनि सादा पोषाकका प्रहरी भएका कारण कानुन कार्यान्वयन गर्ने र गलत काम भएको भए खबर गर्न उनले आग्रह गरे । कानुन बिपरित हुने क्रियाकलापबन्द गर्न आफु गम्भिरताका साथ लाग्ने उनको भनाई थियो ।