बलायरको स्वकीय सचिवमा सुरत रावत नियुक्त

अत्तरिया- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवम् कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरको स्वकीय सचिवमा सुरत रावत ‘डोटेली कान्छा’ नियुक्त भएका छन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य समेत रहेका रावतलाई बलायरले स्वकीय सचिवमा नियुक्त गरेका हुन् । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रावत चर्चित लोक देउडा गायक पनि हुन् ।

उनी कांग्रेस निकट सांस्कृतिक संघको उपाध्यक्ष समेत हुन् । पूर्वपत्रकार समेत रहेका रावल पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।

Loading...