अत्तरिया– कैलालीको गोदावरी नगरपलिकामा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना प्रतयोगितामा हुन लागेको सोमबार पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो ।
प्रतियोगीता व्यवस्थापन तथा निर्देशन समिति रवीन्द्र खनालको संयोजकत्वमा १७ जना सदस्यहरूको समिति समेत गठन गरेको छ । समितिको मुख्य जिम्मेवारी यस समितिको हरने भएको छ ।
यही माघ २५ गते बुधबार विहान ८ बजे प्रतियोगिताको उद्घाटन गरिने छ । प्रतियोगितामा कुनै प्राविधिक समस्या आएन भने माघ २७ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा सामुदायिक १९ विद्यालय र संस्थागत १४ वटा विद्यालयहरु गरी जम्मा ३३ वटा विद्यालयहरुको सहभागी हुने भएको छ ।

प्रतियोगितामा गोदावरी नगरपालिका भित्र रहेका माध्यमिक तहका विद्यालयहरुमामा अध्यनरत १८ वर्ष ननाघेको विद्यार्थीहरुले जुन सुकै खेलमा पनि सहभागी हुन पाउने भएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी खेलाडीहरुको स्वास्थ्य का लागि खेल स्थानमा हेल्थ डेस्कको व्यवस्था साथै प्रत्येक खेलाडीहरुलाई १ लाख रकम बराबरको स्वास्थ्य बीमा को सुविधा उपलब्ध गराएको आयोजकले जानकरी दिएको छ ।
आयोजना हुन गइरहेको रनिङ सिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, मार्सल आर्ट, फुटबल, एथलेटिक्स खेलहरु खेलाईने भएको हो । यस्तै प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो खेलाडीहरुलाई रजत, कास्य र स्वणर् पदक मेडल प्रदान गरिने भएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता गोदावरी नगरपालिका वडा नं ६ बड़ेहा शैलेश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा हुने भएको हो । प्रतियोगितामा भलिबल, फुटबल,कबड्डी साथै एथ्लेटीक्समा हाईजम्प, लङजम्प, ज्याब्लिङ थ्रो, त्रिपलजम्प, सटपुट, मार्सल आर्ट साथै दौड प्रतियोगिता तर्फ सय, दुई सय,चार सय, आठ सय, हजार र तीन हजार मिटर सम्म हुने भएको छ ।