रातो कार्पेटमा उपप्रमुखले विद्यार्थीबाट लिइन् सलामी

धनगढी- धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला रानाले गरेकी छन्। प्रतियोगित उद्घाटनका क्रममा रातो कार्पेटमा उभिएर उनले विद्यार्थीबाट सलामी लिएकी थिइन्।

Bhancha ghar0

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट सुरु भएको प्रतियोगितामा मार्चपासमा सहभागी विद्यार्थीले प्रमुख अतिथि नगर उपप्रमुखलाई सलामी अर्पण गरेका थिए। नगर उपप्रमुख रानाले रातो कार्पेटमा उभिएर सलामी फर्काएकी थिइन्।

कार्यक्रममा उनले विद्यार्थीहरूलाई खेलप्रति रुची बढाउन र क्षमता बढाउन प्रतियोगिता आयोजना गरिएको बताइन्। नगरभित्र ७३ सामुदायिक विद्यालय छन्। उनले रातो कार्पेटमा उभिएर विद्यार्थीहरूबाट सलामी लिएपछि विरोध भइरहेको छ।

 

Leave A Reply

Your email address will not be published.