कैलालीमा रविका समर्थकले जलाए कान्तिपुर

धनगढी- कैलालीमा रवि लामिछानेका समर्थकहरूले कान्तिपुर दैनिक पत्रीका जलाएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज (सोमबार) बिहान केही युवाहरूले कान्तिपुर बहिष्कार गर्ने भन्दै पत्रीका जलाएका हुन्।

Bhancha ghar0

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने विरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरूले कान्तिपुर पत्रीका जलाएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै लामिछानेले नेपाली मिडियामाथि असन्तुष्टि जनाएका थिए ।

मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसको विरोध गरेका थिए । उनले केही पत्रिका र अनलाइनको नाम लिँदै आफू विरुद्ध गलत समाचार लेखिएको खण्डमा घेर्न आउने बताएका छन्। उनले केही मिडियाको विरोध गरेकै कारण उनका समर्थकले पत्रीका जलाएका हुन् ।

Leave A Reply

Your email address will not be published.