प्रा.डा. हेमराज पन्तलाई शिक्षा साधना सम्मान

धनगढी– शिक्षाबीद प्रा.डा. हेमराज पन्त साधना सम्मान २०२३ बाट सम्मानित भएका छन् । चैतन्य पाठशाला धनगढीले आफ्नो वार्षिकोत्सवका अवसरमा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. पन्तलाई शिक्षा साधना सम्मान प्रदान गरेको हो ।

Bhancha ghar0

पाठशालाका अध्यक्ष गणेश राज जोशीले सुदूर पश्चिमको शिक्षा क्षेत्रमा पुर्‍यानु भएको अतुलनीय योगदानको कदर गर्दै कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा सुदूर पश्चिम विश्व विद्यालयका रजिष्ट्रार प्रा.डा. पन्तलाई शिक्षा साधना सम्मान प्रदान गरेको बताए ।

अध्यक्ष जोशीले दोसल्ला, कदर पत्र र नगद २५ हजार २५ रुपैयाँ सहित प्रा.डा. पन्तलाई शिक्षा साधना सम्मान प्रदान गरे ।
प्रा.डा. पन्तले आफूलाई शिक्षा साधना सम्मान प्रदान गरेकोमा चैतन्य पाठशालालाई धन्यवाद दिए । उनले चैतन्य पाठशालाले संस्कारयुक्त शिक्षा प्रदान गरिरहेको भन्दै प्रशंसा समेत गरे ।

Leave A Reply

Your email address will not be published.