अत्तरियामा सवारी दुर्घटना, एक महिला घाइते

अत्तरिया– कैलालीको अत्तरियामा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर एक महिला घाइते भएकी छन् । अत्तरिया चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक महिला घाइते भएकी हुन् ।

Bhancha ghar0

अम्बर आयल स्टोर अगाडी ट्रकले मोटरसाइकलाई ठक्कर दिएको हो । मोटरसाइकलमा सवार घोडाघोडीकी ३० बर्षीया चम्पा सुनार घाइते भएकी हुन् । घाइते सुनारको पद्मा अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मर मुनीको भागमा चोट लागेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

ना ५ ख २९२४ नम्बरको ट्रकले से ५ प ६९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक डोटीको बुडरका ३० बर्षीय लोकेश बिक सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.