लम्कीमा सांसद अरुण चौधरीलाई रिहाइको माग गर्दै प्रदर्शन

लम्की- कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद अरुण चौधरीको रिहाइको माग गर्दै लम्कीमा राके जुलुस सहित प्रदर्शन गरिएको छ ।

Bhancha ghar0

१० बर्ष अघिको मुद्दामा पक्राउ परेर कारागार चलान गरिएका सांसद चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले लम्की बजारमा मसाल जुलुस प्रदर्शन गरेका हुन ।

र्‍यालीमा ‘रेशम चौधरी को रिहाई गर’, ‘माननिय अरुण चौधरी रिहाई गर’, ‘जनमतको कदर गर’ लगायतका नारा लगाएका थिए। र्‍याली पछि आयोजित कोण सभालाई पार्टीका प्रबक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेस्वर चौधरी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने पार्टीले चेतावनी समेत दिएको छ । यस अघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।

Leave A Reply

Your email address will not be published.