शैक्षिक गुणस्तर सुधारमा निजी विद्यालयको भूमिका महत्वपूर्ण : उपकुलपति डा.जोशी

अत्तरिया- सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टी एन जोशीले शैक्षिक गुणस्तर सुधार्न निजी विद्यालयहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

निजी विद्यालयहरूको संस्था प्याब्सन गोदावरी नगर समितिद्वारा आयोजित प्याब्सन फेस्टिबल समापन समारोहमा बोल्दै उपकुलपति डा.जोशीले विद्यार्थीहरूलाई रटन्ते शिक्षा नभै व्यबहारिक शिक्षा दिनु पर्नेमा जोड दिए । विद्यार्थीहरूमा भएको अन्तरनिहित क्षमता अभिवद्धिका लागि प्याब्सनले गरिरहेको रचनात्मक क्रियाकलाप प्रशंसनीय रहेको डा.जोशीले बताए । प्रमुख अतिथि डा.जोशीले सो अवसरमा बिभिन्न खेलकुद प्रतियोगितामा बिजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको छ ।

प्याब्सन गोदावरी नगर अध्यक्ष श्याम खत्रीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्याब्सनका केन्द्रिय उपाध्यक्ष जगबीर थापा, शिक्षक संगठनका अध्यक्ष नरेन्द्र शर्मा, शिक्षासेवी योगेन्द्र हमाल, मदन जोशी लगायतले मन्तव्य राखेका थिए ।

गोदावरी नगरका बीस विद्यालयको सहभागिता रहेको प्याब्सन फेस्टिबल एक हप्ता सञ्चालन भएको थियो । समापन समारोहमा बिद्यार्थीहरूले बिभिन्न आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।

Loading...