कैलालीको गोदावरीमा नगर सरसफाई अभियान

अत्तरिया- कैलालीको गोदावरी नगरपालीमा नगर सरसफाई अभियान गरिएको छ । शुक्रबार लोक कल्याणकारी सेवा ट्रष्ट गोदावरीको आयोजना र होलिल्याण्ड मा.वि को सहयोगममा अत्तरिया बजार क्षेत्र, बस पार्क क्षेत्रमा सरसफाई गरिएको हो ।

Bhancha ghar0

लोक कल्याणकारी सेवा ट्रष्टका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अत्तरीया बजार क्षेत्रमा रहेको फोहोर व्यवस्थापनका बारेमा पटक पटक नगरपालीका लाई आग्रह गर्दा समेत नगरपालिकाले कुनै पनि सुनुवाई नगर्दा बिद्यार्थीहरु बाट फोहोर सरसफाई गर्न लगाइएकोे बताउनु भएको छ ।

स्थानीय क्षेत्रमा रहेको फोहोरले स्थानीहरुलाई असर पर्ने भएकाले फोहोर व्यवस्थापन गर्न जरुरी रहेको कुरा ट्रष्टका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.