कैलालीको धनगढीमा आज देखि प्रादेशिक देउडा प्रतियोगिता सुरु

धनगढी– कैलालीको धनगढीमा आजदेखि प्रादेशिक देउडा प्रतियोगिता सुरु भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रबद्र्धनमा देउडा प्रतिष्ठान केन्द्रको आयोजनामा धनगढीको साहित्य समाजको प्राङ्गणमा आजदेखि तीन दिनसम्म देउडा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि सुदूरपश्चिमकी मन्त्री सन्तोष थापा शर्माले गरेकी हुन्।

Bhancha ghar0

सुदूरपश्चिम र कर्णालीको मौलिकता झल्किने देउडाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले डेउडा प्रतियोगिता गरिएको देउडा प्रतिष्ठान केन्द्रका वरिष्ठ उपाध्यक्ष सुरत रावल ‘डोटेली कान्छा’ले बताए । प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट समुहको सहभागी रहेको उनले बताए ।

प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटी रहेका थिए ।

Leave A Reply

Your email address will not be published.