धनगढी- कैलालीको गोदावरी नगरपालिका – ४ बसन्तपुबाट अवैध भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । भरुवा बन्दुक सहित गोदावरी नगरपालिका – ६ लालपुरका ६१ बर्षीय यज्ञराज साउँद पक्राउ परेका हुन् ।

उनलाई पलास्टिकको कट्टा भित्र लुकाई अवैध हतियार भरूवा बन्दुक बोकेर लालपुरबाट बसन्तपुर टोल जादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बसन्तपुर महिला सामुदायिक वनमा गस्ती गर्दै गरेको अर्जुन चन्दको कमाण्डको प्रहरी टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले बताएका छन् । पक्राउ परेका साउँलाई इलाका प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।