शुक्लाफाँटा नगरपालिकाका कोरोना संक्रमितले चिकित्सकसहितको सेवा गाउँमै पाउन थाले

कञ्चनपुर, १५ जेठ- शुक्लाफाँटा नगरपालिकाका कोरोना संक्रमितहरुले आफ्नै गाउँठाउँमै चिकित्सकसहितको सेवा र उपचार पाउन थालेका छन् । नगरपालिकाले चिकित्सक र अक्सिजन सहितको १५ शय्याको कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएपछि संक्रमितहरुलाई निकै सहज हुन गएको हो ।

अस्पतालमै निःशुल्क रुपमा उपचारसँगै परामर्श दिने कार्य हुँदै आएको छ । गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार समेत हुन थालेको छ । हालसम्म अस्पतालमा कोरोनाको संक्रमणका कारण गम्भीर ६ जना बिरामी उपचारका लागि भर्ना भएका छन । अस्पतालमा २ जना चिकित्सक सहित अन्य आवश्यक स्वास्थ्यकर्मीलाई समेत खटाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बिरामीहरुलाई पौष्टीक खानासँगै आवश्यक औषधि र भिटामिनहरु अस्पतालबाटै निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । कोरोनाका लक्षण देखिएका व्यक्तिहरुलाई नगरपालिकाले निःशुल्क रुपमा मङ्गलवार र शुक्रवार पिसिआर परिक्षणका लागि नमूना संकलन कार्य समेत गर्दै आएको छ । कोरोनाका कारण गम्भीर अवस्था भएका व्यक्तिहरुका लागि एन्टीजेनबाट कोभिड अस्पतालमै परीक्षण गर्ने व्यवस्था गरिएको कोभिड अस्पतालका ल्याव शाखाका वसन्त धामीले बताए ।

बिगतका दिनमा कोरोनाका लक्षण देखिएका बिरामीलाई पिसिआर जाँचका लागि महाकाली र सेती प्रादेशिक अस्पताल पठाउनु पर्ने बाध्यता भएकोमा हाल कोभिड अस्पतालमै पिसिआर जाँचका लागि नमूना लिने कार्य हुदै आएपछि विरामीले घरदैलोमै सेवा पाउन थालेको धामीले बताए ।

अति गम्भीर प्रकृतिका विरामीलाई मात्रै कोभिड अस्पतालबाट थप उपचारका लागि अन्यत्र रिफर गरिने व्यवस्था गरिएको छ । कोरोनाका विरामी बोक्नका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था मिलाएको छ । कोरोनाका कारण मृत्यु भएकाहरुको शव बोक्नका लागि टिप्परलाई प्रयोगमा ल्याइएको छ । कोभिड हेल्थ डेस्क, नगरप्रमुख र उपप्रमुखले चढने गाडी अक्सिजन सिलिण्डर बोक्ने र औषधि, स्वास्थ्यकर्मी बोक्ने कार्यका लागि प्रयोग गर्न व्यवस्था समेत मिलाइएको छ । अस्पताल २४ सै घण्टा सेवा दिने गरी सञ्चालनमा ल्याइएको नगरप्रमुख दिल बहादुर ऐरले बताए ।

एम्बुलेन्स चालकलाई नगरपालिकाले जोखिम भत्ता र आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराउने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्सको मर्मत र इन्धन खर्च नगरपालिकाले व्यहोर्ने समेत नगरप्रमुख ऐरले बताए ।

Loading...