लखनउमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड

धनगढी– धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) ले भारतको लखनउमा भएको छैटौं इन्टरनेशनल क्रिकेट लिगमा मोस्ट कोपरेटिभ (सहयोगी) टिम अवार्ड जितेको छ ।

गिनिज बुकमा नाम लेखाएको विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा लखनउमा बुधबार सम्पन्न लिगको समापन समारोहमा एसपीएले उक्त अवार्ड प्राप्त गरेको हो ।

Navadurga sun

प्रतियोगितामा सहभागी नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका १५ टोलीलाई पछि पार्दै एसपीएले उक्त अवार्ड प्राप्त गरेको हो ।

मैदानभित्र र बाहिर उत्कृष्ट खेलभावना प्रदर्शन गरेको भन्दै एसपीएलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै एसपीए टोलीका प्रशिक्षक भागिराम बखरियाले यसले देशकै गौरव बढेको बताए ।

‘हामी यहाँ एउटा कलेजमात्रै नभएर नेपालकै प्रतिनिधित्व गरेका आएका थियौं,’ उनले भने, ‘हामीले आफ्नो खेलभावनाको सम्मान गर्दै सहयोगीपन देखाएका छौं । अवार्डले नेपालीहरु सहयोगीभावनाका हुन्छन भन्ने सन्देश पुर्याउँन पनि सफल भएका छौं ।’

लिगचरणमा दुई खेलमा हार ब्यहोरेपनि अन्तिम खेलमा सान्त्वना जित हात पारेको खेलमा एसपीएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गरेको थियो ।

खेलको म्यान अफ द म्याच एसपीएका सौर्य श्रेष्ठ चुनिनुभएको थियो । यस्तै उनले वेस्ट सिक्सेस अवार्ड पनि हात पार्नुभयो । त्यसबाहेक खेलको मोस्ट भ्यालुएबल प्लेयर एसपीएकै अजयसिह कडाल चुनिनुभएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...