नेपालमा पाँच प्रतिशत सिमसार, १० सिमसार क्षेत्र सूचीकृत

काठमाडौं- नेपालको कूल क्षेत्रफलको पाँच प्रतिशत भाग सिमसार क्षेत्रले आगटेको छ। यो भनेको ६० हजार ६६१ हेक्टर क्षेत्र हो। रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्गदर्शन २०७५ अनुसार नेपालको पाँच प्रतिशत भूभाग सिमसार छ।

सिमसार क्षेत्र भनेको प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभागलाई बुझाउँछ। नेपालको राष्ट्रिय सिमसार नीति २०६९ ले सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्रलाई भनेको छ।

Navadurga sun

नेपाल सन् १९८७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो। रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका, संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारहरूलाई रामसारको सूचीमा सूचीकृत गर्छ।

नेपालका कोसीटाप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बिसहजारी ताल समूह, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुन्ड ताल, गोक्यो ताल समूह, माइपोखरी र पोखराका तालहरू गरी जम्मा १० वटा सिमसार सूचीकृत छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...