धनगढी- कैलालीमा चित्तलको छालासहित एक जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-५ देउकलियाबाट प्रहरीले चित्तलको छालासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी लक्ष्मणबहादुर शाही नेतृत्वको टोलीले चित्तलको छालासहित सोही ठाउँका ५४ वर्षिया खेमराज सापकोटालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा उनलाई मंगलबार राति १० बजे उनको घरबाटै पक्राउ गरिएको डीएसपी लक्ष्मणबहादुर शाहीले बताए । पक्राउ परेका सापकोटालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुर पठाइएको छ ।