काठमाडौं- नेपाल क्रिकेट संघ ९क्यान०ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिनअघिमात्र धरौटीमा रिहा भएका थिए ।
क्यानले सन्दीपलाई गत भदौ २३ मा निलम्बन गरेको थियो ।