क्यानको बोर्ड बैठकमा अध्यक्षसहित कार्यसम्पादन समिति सदस्यको राजीनामा माग

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहित कार्यसम्पादन समिति सदस्यहरूको राजीनामा माग गरिएको छ। मंगलबार पोखरा भइरहेको बोर्डको बैठकमा सात जना केन्द्रीय सदस्यहरूले राजीनामा माग गरेका हुन्।

Ganyapdhura gau

राजीनामा माग गर्नेहरूमा केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनीहरूले टी-२० फिक्सिङ भएको गल्तीलाई स्वीकार्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। उनीहरूले अध्यक्ष चतुरबहादुर चन्दसहितको राजीनामा माग गर्दै बैठकमा लिखित पत्र बुझाएको बताएका छन्।

हामीले अध्यक्षसहित कार्यसम्पादन समितिमा रहेका सबैको राजीनामा माग्दै लिखित पत्र अध्यक्षलाई बुझाएका छौं, गौतमले भने। उनीहरूले दुई दिनअघि पत्रकार सम्मेलन गरेरै उनीहरूको राजीनामा मागेका थिए।

नेपाल टी २० लिगमा गरेको गल्तीका कारण नेतृत्व तह र कार्यसम्पादन समिति पूर्ण जिम्मेवारी बहन गरेर राजीनामा दिनुपर्ने माग उनीहरूको छ। प्रतियोगितामा स्पट फिक्सिङजस्ता दुःखद् घटना भएको र त्यसको पूर्ण जिम्मेवारी क्यान नेतृत्वले लिनुपर्ने उनीहरूको भनाइ छ। क्यानले मंगलबार विभिन्न एजेण्डा छलफल गर्न बोर्ड बैडक डाकेको थियो।

Couple
Loading...