सरसफाइमा जुटे विद्यार्थी

बैतडी- बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर नमुना मावि हुक्केडाँडाका विद्यार्थीहरू बिदाको दिन सार्वजनिक काममा सहयोग गर्छन्। धारो सरसफाइ, पानीको मुहानको सरसफाइ, आफू हिँड्ने बाटोको सरसफाइजस्ता, चौर मठमन्दिरको सरसफाइ जस्ता समान्य क्रियाकलापमा प्रत्येक शनिबार सहभागी हुने गरेका छन्।

Ganyapdhura gau

केही सातादेखि विद्यार्थीहरू प्रत्येक शनिबार करिब एक घण्टासम्म यस्तो कार्यमा सरिक हुने गरेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूमा समाजिक सत्भावको भावना पैदा हुने र समाज रूपान्तत्रणमा यसले टेवा पु¥याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘बालबालिकाहरूमा सकारात्मक भावनाको विकास हुन्छ, सार्वजनिक सेवामा पनि सक्दो योगदान पु¥याउनुपर्छ भन्ने भावनाको विकास हुन्छ, त्यसैले प्रत्येक शनिबार विद्यार्थीहरू समूहमा मिलेर करिब एक घण्टा सार्वजनिक कार्यमा सरिक हुन्छन्’ विव्यस अध्यक्ष भाटले भने। कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरू यस्तो कार्यक्रमा सरिक हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए।

आफू हिँड्ने बाटोको सरसफाई, मठमन्दिर, खेल्ने चौर र अन्य सार्वजनिक ठाउँको क्षेत्रमा सक्दो योगदान पु¥याइरहेका छन्। सार्बजनिक काममा आफूले सक्नेजति काम गर्न पाउँदा विद्यार्थीहरूपनि उत्साहित छन्। ‘सबै टोलबाट विद्यालयसम्मको बाटो सरसफाइ ग¥यौँ, यहाँका टोलमा रहेका धारो सफाइ र मुहान सरसफाइ कार्यक्रममा सहभागिता बनेका छौं’, कक्षा १० मा अध्यानरत माया महराले बताइन्। आफूले सामाजिक कार्यमा सहयोग गर्न पाउदा खुसी लागेको अर्का विद्यार्थी नवीन बहराले बताए।

कर्तेकोट, धरापानी, राङ्गाजुजौना, रुइसानी, हरिचन, सिमार हुक्केडाँडालगायतका टोलमा विद्यार्थीहरूले विविभन्न कार्य गरेको विद्यालयले जनाएको छ। हालसम्म बिभिन्न सार्वजनिक ठाउँको सरसफाई तथा स्तरोन्नति कार्य गरी ५३ वटा काम विद्यार्थीहरूले गरेको विद्यालयका प्रद्यानाध्यापक शिवराज भट्टले बताए।

बढीजसो बाटो सुधार कार्यक्रम गरिएको उनले बताए। कक्षा १ देखि १० सम्म पढाइ हुने सिद्धेस्वर मावि हुक्केडाँडा बैतडी जिल्लाको नमुना विद्यालयको सूचीमा पर्छ। भौतिक संरकता, शैक्षणिक क्रियाकला, अतिरिक्त क्रियाकलाप लगायतका क्षेत्रमा विद्यालयले उल्लेखनीय कार्य गर्दै आएको छ। अन्नपूर्णबाट

Couple
Loading...