सुदूरपश्चिम प्रदेशको मन्त्री मण्डल विस्तार, पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त

धनगढी, १४ जेठ- सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई आजै शपथ ग्रहण गरेका हुन् ।

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूणर्ा जोशीलाई शपथ ग्रहण गराएका हुन् ।

Navadurga sun

त्यसैगरी सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...