प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता समापन, उपाधी वडा नं.३ ले हात पार्‍यो

अत्तरिया– कैलालीको चौकीडाँडाँमा शुक्रबार देखि सुरु भएको प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता शनिबार एक कार्यक्रमका बिच समापन भएको छ । गोदावरी नगरपालिका-३ मा रहेको गोदावरी नगर विकास समितिको आयोजनामा प्रथम वडाध्यक्ष कप पुरुष डबल वडास्तरिय ब्याटमिन्टन प्रतियोगीता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा गोदावरी वडा नं.३ बिजेता भएको छ भने वडा नं.४ उपविजेता बन्न सफल भएको छ । त्यस्तै वडा नं.१ र २ तृतीय स्थान हासिल गर्न सफल भएको हो ।

त्यस्तै क्रमशः प्रथम हुने टिमले नगद १५ हजार १ सय रुपैयाँ प्रमाणपत्र प्राप्त गरेको छ । वडा नम्बर ३ बाट प्रकाश कुमार भाट र आशिष भट्टराइले खेलेका थिए ।

Navadurga sun

द्वितिय हुने टिमले ७ हजार ५ सय रुपैयाँ प्रमाणपत्र प्राप्त गरेको छ । वडा नम्बर ४ को तर्फबाट भीम सिंह ठकुराठी र शेर बहादुर साउँदले खेलेका थिए ।

र तृतिय हुने दुई वटा टिमले ३ हजार ५ सय र ३ हजार रुपैयाँ प्रमाण पत्र प्राप्तन गरेको छ । वडा नम्बर १ को टिमबाट सन्तोष भट्ट र पुस्कर जोशीले खेलेका थिए । वडा नम्बर २ बाट कमल मल्ल र समिर भट्टराई सहभागि थिए । त्यस्तै प्रतियोगितामा गोदावरी नगरपालिकाका १८ वटा टिमको सहभागित रहेको छ ।

ADD Khali jpg
Loading...