अत्तरिया- कैलालीको अत्तरियामा माघ २७ र २८ गते प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय समिति अत्तरियाको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रवर्द्धनमा खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने भएको हो ।






प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्तवना पुरस्कार ५ हजार रहने आयोजकले जनाएको छ ।





प्रतियोगितामा जज काठमाडौको नाचघरबाट बोलाईने राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष लिलाधर बास्कोटाले बताएका छन । उनले यस क्षेत्रका लोक सस्कृतिको जगेर्ना गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताए । प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गर्ने आयोजकले जनाएको छ ।




