मुख्यमन्त्री रावल र एमाले नेता रावल बिच विश्वास मत सम्बन्धी कुराकानी

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावल र एमाले नेता भीम रावलले बिहीबार धनगढी विमानस्थलमा विश्वास मत सम्बन्धी कुराकानी भएको छ । भेटमा नेता रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत लिनेबारे जिज्ञाशा राखेका छन् । मुख्यमन्त्री रावल बिहीबार काठमाडौँबाट धनगढी आइपुगेका छन् ।

सोही क्रममा नेता रावलसँग धनगढी विमानस्थलको विशिष्ट कक्षमा उनीहरुबीच भेटघाटपछि कुराकानी भएको छ । भेटघाट रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मत कहिले लिदैँ हुनु हुन्छ ? भनेर प्रश्न गरेका थिए । त्यसको प्रतिउत्तरमा मुख्यमन्त्री रावलले गठबन्धनमा आबद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिने बताएका छन् ।

Navadurga sun

यस्तै उनले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको कुरा पनि प्रकट गरेका थिए । गृहजिल्ला अछाम पुगेर श्रीएयरलाइन्सको जहाजमार्फत काठमाडौँतर्फ फर्किरहेका रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गरेका छन् ।

विशेषगरी बाढी पहिरो प्रभावितहरुका लागि राहतको विषयमा केन्द्रित भएर प्रदेश सरकारबाट गर्न सकिने कामका लागि अनुरोध गरेका थिए । ‘अघिल्लो वर्षको बाढीले अछाममा ठूलो क्षति भएको छ । त्यो क्षतिबारे जानकारी गराएर अघिल्लो सरकारसँग राहतका लागि अनुरोध गरिएको थियो,’ रावलले भने, ‘तर अहिलेसम्म समस्या सामाधान गर्न खासै पहल भएको छैन। तपाई आउनु भएको छ । यो कुरालाई प्राथमिकता दिनु होला ।’

जवाफमा मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने बताएका थिए । नेकपा एमालेबाट २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत लिन बाँकी छ । उनले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

उनी निणर्ायक नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने मुडमा छन् । सोही योजनाअनुसार नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित मुख्यमन्त्री रावल काठमाडौं गएका थिए ।

ADD Khali jpg
Loading...