भवनमा ताल्चा, चौरमा विद्यार्थी

बैतडी- पञ्चेश्वर गाउँपालिका–१, शेरीस्थित गडदेव आधारभूत विद्यालयका विद्यार्थी टिनले बारिएको खुला चौरमा पढ्न बाध्य छन्। यद्यपि, विद्यालय भवन नभएर होइन। पुरानो भवन २०७८ सालको कात्तिकमा आएको बाढीले बगाएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण भएको छ। यद्यपि, भुक्तानी विवादका कारण विद्यार्थीले नयाँ भवनमा पढ्न पाएका छैनन्। भुक्तानी विवादले सो भवन निर्माण समितिले भवनमा ताल्चा लगाएको छ।
Ganyapdhura gau
Navadurga sun
Godawari sandesh
पञ्चेश्वर गाउँपालिकाको सिफारिसमा आव २०७७/७८को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३६ लाख रुपियाँमा चारकोठे भवन निर्माण भएको हो। सो भवन निर्माणको लागतअनुसारको भुक्तानी नपाउँदा ताला लगाइएको निर्माण समितिका केशवसिंह घटालले जानकारी दिए ।
उनले जनप्रतिनिधिले देउता साक्षी राखेर लागतअनुसारको भुक्तानी दिने वाचा गरे पनि पूरा भुक्तानी नपाएको बताए ।
Dadeldhura hospital
भुक्तानीको विषयमा विवाद सिर्जना भएपछि विद्यार्थी चिसो भुइँमै राखेर पढाउनु पर्ने बाध्यता सिर्जना भएको प्रधानाध्यापक निर्मला चन्दले बताए । भुक्तानीको विषयमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भवन नभएका कारण प्राथमिकतामा राखेर चारकोठे भवन निर्माण गरी मापदण्डअनुसार भुक्तानी दिइसकेको बताए ।
उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले दुईकोठे भवनका लागि १८ लाख र चारकोठे भवनका लागि ३६ लाख रुपियाँ दिएको थियो।
त्यहाँ लागत बढी लाग्ने देखिएपछि वडाबाट थप छ लाख रुपियाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट छ लाख गरेर कुल ४८ लाख रुपियाँ भुक्तानी भइसकेको छ। भवन निर्माण गर्ने केशवसिंह घटाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम्मत घटालले भने विद्यालयको भवन निर्माण गर्दा ६९ लाख ६६ हजार रुपियाँ खर्च भएको बताए ।
Couple
Loading...