वर्षाले बैतडीमा महिला टी-२० क्रिकेट प्रभावित

बैतडी- सहिद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिता वर्षाका कारण प्रभावित भएको छ। मंगलवारदेखि परेको वर्षाले मंगलबार र बुधबारका चारवटै खेल हुन नसकेको प्रतियोगिता संयोजक वीरसिंह बोहराले जानकारी दिए। रोकिएका खेलहरू वर्षा रोकिएपछि त्यसै दिनदेखि शुरु गरिने बोहराको भनाइ छ।

Ganyapdhura gau
Dadeldhura hospital

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगरखेलकुद विकास समितिको आयोजना माघ ९ गतेदेखि शुरु भएको उद्घाटन खेलमा दनपा-१० बाराकोटलाई ५१ रनले स्तब्ध पार्दै दनपा-२ देहिमाडौँ विजयी भएको थियो। निङलाशैनी खेल मैदान, देहिमाडौँमा माघ १५ गते फाइनल गर्ने तयारी रहेकोमा वर्षाका कारण कम्तीमा दुई दिन धकेलिने भएको छ। नगरका ७ टोलीको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी मेडल र प्रमाणपत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

यस्तै प्रतियोगितामा वुमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट ब्याट्स वुमेनलाई १५/१५ सय, अनुशासित टिमलाई ३ हजार र वुमेन अफ म्याचलाई ट्रफी र प्रमाणपत्र दिइने जनाइएको छ। प्रतियोगिताको समापनको दिन दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो। खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरूको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिता आयोजना गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाईले बताए। निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ।

 

Couple
Loading...