दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट : सरस्वती र त्रिभुवन विजयी

धनगढी- धनगढीमा जारी दीपेन्द्र स्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट अन्तर्गत सोमबार भएको खेलमा सरस्वती माध्यमक विद्यालयले जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा सरस्वतीले शारदा विद्या निकेतनलाई ३६ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको सरस्वतीले अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो।

सरस्वतीका लागि मुस्कान विष्टले २४ बलमा ५ चौका सहित २५ रन जोडे । त्यस्तै खेम बोहराले ४० बलमा २ चौका सहित २३ तथा जगदीश भट्टले १४ बलमा ४ चौका सहित २१ रन थपे । बलिङतर्फ शारदाका भुपेश भट्टले २ ओभरमा ३ तथा अनिश अवस्थी र खेम बोहराले २-२ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको शारदाले १६.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्रै बनाउँन सक्यो । आकाश विष्टले १८, आयुष महराले १३ र नबिन महताले ८ रन जोडेका थिए ।

बलिङतर्फ नरेन्द्र महराले ३ तथा रमेश महता तथा नबिन महताले २-२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सरस्वतीका खेम बोहरा हुन सफल भए । यस्तै दिउँसो भएको अर्को खेलमा त्रिभुवन माविले थ्रीस्टर बोर्डिङ स्कुललाई ४ रनले पराजित गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवनले १५.३ ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । उसका कुशल बोगटीले ३६ बलमा ५ चौका सहित ३६, विनय जोशीले १२ र सुशील भाटले १४ रन जोडे । बलिङमा थ्रीस्टारका विनय जोशी र सुशील भाटले ३-३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको थ्रीस्टारले १७.१ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्रै बनाउँन सक्यो । उसका सचिन कुमार नेगीले १३, अरुण कठरियाले ११ तथा रोशन रावलले १० रन बनाए । बलिङतर्फ शम्शेर खड्काले ३ तथा किरण शाहु, सचिन कुमार नेगीले २-२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच त्रिभुवन माविका सुशील भाट चुनिए । प्रतियोगितामा मंगलबार पहिलो खेल एभीन र कैलाली मोडल तथा दोस्रो खेल बात्साल्या मावि र लिटिल फ्ल्वारबीच हुनेछ । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

त्यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसीए)का व्यवस्थापक समुयल न्यौपानेले बताए । त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३-३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ । एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने हेतुले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायर लगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.