टि–२० लिग : राष्ट्रिय टोलीका सदस्य आदिल सप्तरीबाट पक्राउ

काठमाडौँ- राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको निर्देशनमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एकजना अधिकृतले बताए । नेपाल टी–ट्वान्टी लिग क्रिकेटको ‘स्पट फिक्सिङ’मा अन्सरी संलग्न रहेको सिआईबीको निष्कर्ष छ ।

ब्यूरोका एसपी सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानविन गरेको थियो । सो समितिको सिफारिका आधारमा उनलाई पक्राउ गरिएको हो । आजै बिराटनगर बसपार्कबाट प्रहरीले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलमलाई पक्राउ गरेको थियो । उनीहरु दुवैलाई काठमाडौँ ल्याउने तयारी छ ।

 

Saram-office-2079-080
Leave A Reply

Your email address will not be published.