बैतडीमा आजदेखि महिला टी-२० क्रिकेट शुरु

बैतडी- शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ। दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुरु भएको हो।​

देहिमाण्डौँस्थित निङ्गलाशैनी खेलमैदानमा शुरु भएको प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरिएको प्रतियोगिताका संयोजक वीरसिंह बोहराले जानकारी दिए।​

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उद्घाटन समारोह दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायत उपस्थित थिए।​ उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चन्दले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरूको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको बताए।

नगरका ७ टोली सहभागी प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी‚ मेडल र प्रमाणपत्र रहेको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए।

यस्तै प्रतियोगितामा वुमेन अफ द सिरिजलाई ३ हजार, बेष्ट बलर र बेष्ट ब्याट्स वुमनलाई १५/१५ सय, अनुशासित टिमलाई ३ हजार र वुमन अफ म्याचलाई ट्रफी प्रमाणपत्र दिइने जनाइएको छ।

प्रतियोगिताको समापनको दिन माघ १५ गते दशरथचन्द नगरपालिकाभित्र रहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिने जनाएको छ। निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष चन्दको भनाइ छ।

 

Loading...