सन्दीपको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी

काठमाडौँ- जबरजस्ती करणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्धामा सोमबार जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ। यसअघि अन्तिम फैसलाका लागि सन्दीपलाई पुर्पक्षको लागि थुनामुक्त गर्दै आजका लागि पेशी तोकिएको थियो। उनको मुद्धामा आज सुनुवाई हुने सम्भावना रहेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरले बताए।

यसअघि जिल्ला अदाालतले पुर्पक्षका लागि थुनामा पठाएका सन्दीपलाई थुनामुक्त हुन आदेश दिएको थियो। थुनामुक्त सन्दीप क्रिकेकटको अध्यास सुरु गरिसकेका छन्। यसअघि पक्राउ परेसँग उनलाई निलम्बन गरेको क्यानले राष्ट्रिय टोलीमा फर्काउने निर्णय गरेको छैन। जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर सन्दीपले त्यसविरुद्ध उच्च अदालतमा थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए।

Navadurga sun

सन्दीपको निवेदनपछि उच्च अदालत पाटनले गत बिहीबार सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।सन्दीपमाथी गत भदौ ६ गते एक किशोरीलाई जबरजस्तीकरणी गरेको आरोप छ। सन्दीप असोज २० गते पक्राउ परेका थिए। ९९ दिन थुनामा बसेपछि सन्दीप थुनामुक्त भएका थिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...