किसानलाई अनुदानमा पावर टिलर

धनगढी- कृषि ज्ञान केन्द्र कैलालीले किसानलाई पावर टिलर हस्तान्तरण गरेको छ। ५० प्रतिशत अनुदानमा धनगढी उपमहानगरपालिका-७ देवहरियाका किसानलाई पावर टिलर प्रदान गरिएको हो। देवहरियास्थित दाइजो कृषि सहकारी संस्थामार्फत किसानलाई पावर टिलर उपलब्ध गराइएको सहकारीका अध्यक्ष मानबहादुर रानाले जानकारी दिए ।

Bhancha ghar0

निवर्तमान भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले शनिबार एक कार्यक्रमबीच किसानलाई पावर टिलर हस्तान्तरण गरे। सो कृषि उपकरण खरिदमा आधा लगानी किसानको र आधा लगानी कृषि ज्ञान केन्द्रको छ। आठ जना किसानलाई पावर टिलर हस्तान्तरण गरेको जनाइएको छ।

कृषि पेशालाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले कैलालीको विभिन्न पालिकाका किसानलाई अनुदानमा पावर टिलरलगायत कृषि उपकरण उपलब्ध गराउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.