धनगढीका सरोज चौधरी लगातार २८ औं पटक बने भलमन्सा

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाँउका सरोज चौधरी यस बर्षका लागि भल्मन्सामा चयन भएका छन् । बिहिबार भएको भुरा खेलमा माघीदेवानीफार्मत उनलाई फेरी भलमन्सामा चयन गरेको हो । उनको यो बर्ष भल्मन्सा बनेको २८ औं पटक हो ।

Bhancha ghar0

गाउँको विकास निर्माण, आपसी मेलमिलाप तथा झै-झगडा मिलाउने र सरोकारवाला निकायसंग राम्रो समन्वय गरेको भन्दै फेरी भल्मन्साको जिम्मेवारी दिएको धनगढी गाउँको सुर्य चौधरीले बताए।

सरोज चौधरी २०५२ सालदेखि लगातार बिना पारिश्रमिक भल्मन्सा बन्दै आएका छन्। धनगढी गाउँको पुरानो थारु बस्ती समाजमा ४१ घरधुरी छ, भने रानाथारुको अलग भल्मन्सा छन् । नवनिर्वाचित भल्मन्सा सरोज चौधरी भने भुरा खेलबाट शिक्षामा विशेष जोड दिने बताए ।

बड्घर-भल्मन्साको काम घरझगडा, सम्पति, अंशवण्डा सम्बन्धी विवादलगायत देवानी मुद्धाको छिनोफानो गर्ने, गाउँघरको सडक बनाउने, भोज तथा मृत्यु संस्कारलगायत कार्यमा गाउँवासीलाई परिचालन गर्ने हुन्छ । निर्वाचित भल्मन्सा चौधरीले थारु समुदायको बडघर प्रथालाई सरकारले कानूनी मान्यन्ता दिनुपर्ने माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.