अत्तरियामा जारी महोत्सवमा माघ ६ गते गायक लगायत नृत्यङ्गना अन्जलीको प्रस्तुती रहने

अत्तरिया– कैलालीको अत्तरियामा जारी महोत्सवमा माघ ६ गते गायक टेक बोगटी, प्रताप दास, नृत्यङ्गना अन्जली चन्द ठकुरीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव दिनप्रतिदिन दर्शकहरुले मनोरञ्जन गर्दै आएका छन् साथै महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति राख्दै आएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै बिहीबार माघ ५ गते गायक महेश आउजी, गायीका पुणर्कला वि.सी. नृत्यङ्गना रोमा न्यौपानेको प्रस्तुती रहेको थियो । उहाँको गितमा दर्शकहरुले भरपुर मनोरञ्जन गरी झुमेका थिए । त्यस्तै महोत्सवमा डेढ सय वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।

महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु, जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ ।

Loading...