सुदूरपश्चिममा उन्मुक्तिले उपसभामुख नलिने, एमालेकी कोइली उम्मेदवार

धनगढी- सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा एमालेले कोइली चौधरीलाई उम्मेदवार बनाउने भएको छ। भागवण्डाअनुसार भएको सहमतिमा नागरिक उन्मुक्ति पार्टीले उपसभामुख नलिने निर्णय गरेपछि एमालेले उपसभामुखको उम्मेदवार उठाउने भएको हो।

सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख दिने प्रस्ताव गरेको थियो। तर, सो पार्टीले रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने अडान लिएको छ। उन्मुक्तिले उपसभामुख नलिने भनेपछि गठबन्धनभित्र एमालेलाई उपसभामुख पद दिने सहमति बनेको एक नेताले जानकारी दिए।

Navadurga sun

सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोईली चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो। उनी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन्।

यस्तै प्रदेशसभा सचिवालयकाअनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखको निर्वाचन गर्ने तयारी अघि बढाएका छन्। उपसभामुख नलिएको उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने भएको छ। आज साझ ६ बजे निर्वाचन गर्ने सभामुखको तयारी छ।

ADD Khali jpg
Loading...