अत्तरियामा जारी महोत्सवमा माघ ३ गते कस कसकाे प्रस्तुती रहने…

अत्तरिया- अत्तरियामा जारी महोत्सवमा माघ ३ गते गायक राम जी खाँड, टेक विबी सँगै बाल गायक आयुषा गौतमको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव दिनप्रतिदिन दर्शक घुइँचो बढ्न थालेको हो । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुति राख्दै आएका छन् ।

त्यस्तै सोमबार माघ २ गते का दिन राष्ट्रिय एकदमै प्रख्यात गायक पुष्कल शर्मा, धोज राज महरा र राज कुश्मीको प्रस्तुती रहेको थियो । उहाँको गितमा दर्शकहरु मनोरञ्जन गरी झुमेका थिए ।

Loading...