साताव्यापी शिलान्यास कार्यक्रम : दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास आज

अत्तरिया- प्रधानमन्त्री केपी शर्मा ओलीको साताव्यापी शिलान्यास गर्ने कार्यत्रम अन्तरगत सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण गर्ने गरी घोषणा भएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले आज (सोमबार) दिउँसो १ बजे बेदकोट नगरपालिका-२ झरना खेल मैदान नजिक छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको बाँके जिल्लामा नौबस्ता औद्योगिक क्षेत्र फागुन ११ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्ने तयारी छ ।

Dadeldhura hospital

लुम्बिनी प्रदेशकै रुपन्देही जिल्लामा मोतिपुर औद्योगिक क्षेत्र १३ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । १४ गते बागमती प्रदेशको मकवानपुर जिल्लाको मयुरधाप औद्योगिक क्षेत्र उद्योगमन्त्री भट्टले उद्घाटन गर्नेछन् भने १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्कको उद्घाटन गर्दैछन् ।

godawari10 Mahila hinsa
Navadurga sun

यी बाहेक अरु विभिन्न ठाउँमा पनि औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अहिले प्रदेश-२ मा सर्लाहीको मुर्तिया, बागमती प्रदेशमा काभ्रेको पनौती, गण्डकीमा गोर्खाको च्याङ्ली र तनहुँको चिन्तुटार, लुम्बिनी प्रदेशमा दाङका लक्ष्मीपुर, कर्णाली प्रदेशमा दैलेखको चुप्रा र सुदूरपश्चिम कैलालीको लम्कीमा गरी ७ ठाउँमा औद्योगिक क्षेत्र बनाउन सक्नेबारे अध्ययन भइरहेकाे जनाए ।

Loading...