प्रकाशबहादुर बोहरा/अत्तरिया- कैलालीको गोदावरी नगरपालिकमा रहेका गोदावरी नगरपालिकाका सम्पूर्ण नगर शिक्षकहरुको आयोजनामा गोदावरी दोस्रो नगर शिक्षक भेला सम्पन्न गरेको छ । कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको प्रतिभा सामुदायिक पूस्तकालयको सभाहलमा उक्त शिक्षक भेला सम्पन्न गरिएको हो ।
शिक्षक भेलालाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरी नगरसमितिले अत्तरिया अध्यक्ष नरेन्द्रराज शर्माले आफुहरुको पहिलो माग भनेको तलब रहको बताए । आफहरुले अहिलेसम्म तीन महिना पुगिसक्दा समेत तलब नपाएकोले सबभन्दा पहिलो तलबको व्यवस्था मिलाई दिन नगरपालिकालाई दवाब दिएका हुन् ।
नगर शिक्षक नगर कुहिरो हराएको काग जस्तै भएको उनले बताए । निजी शिक्षकहरूको सस्मान र समाधानका लागि केही कार्यहरु गर्नुपर्ने उनले बताए ।
निजी शिक्षकहरुको तलब बृद्वि हुनुपर्ने माग समेत आफुहरुको रहेको छ । अनुदान रकम बितरण गर्दा ब्यावहारिक मिलाएर बितरण गरिनु पर्ने बताए । नगर शिक्षक कसरी अगाडि बढ्ने भन्नको लागि कार्यादल गठन गरि अगाडी बढुनु पर्ने उनले बताए ।
नगरका शिक्षकहरू सधै भरी हेपिएको बताए ।
उहाँहरूको माग भनेको नगर शिक्षक पनि स्थायी गरिनु पर्ने बताए । ‘नेपाल राष्ट्रिय शिक्षकको प्रतवद्धता के हो भने अन्तरास्ट्रिय राष्ट्रिय स्तरमा बसेका शिक्षक संगठन हो ।’ उनले भने, ‘आफु भित्ते अध्यक्ष बन्न नचाहेको बताउँदै शिक्षक संगठनले शिक्षकका मुद्दा नभई सम्पूणर् कुराहरू समेटीनु पर्छ ।’
हाम्रो शिक्षक संगठनमा निम्न आयस्तर भएका शिक्षक भएकाले यसरी तलब रोकिदा अप्ठेरो हुने उनले बताए । त्यसैले तत्कालका लागि भए पनि नगरले तलब उपलब्ध गराइदिनु पर्ने उनले बताए । हाम्रो माग पुरा नभए पेशागत संगठन एकजुट भएर जान तयार रहेको उनले बताए ।