गोदावरी ४ मा माघि मिलन कार्यक्रम तथा थारु देव थान संग्रालयको उद्घाटन

पदमा रहँदा या नरहँदा किन न होस् समग्र समाजिक विकासका काममा सधै लागि रहने : चुनकुमारी चौधरी

अत्तरिया– गोदावरी नगरपालका ४ बास्कोटामा थारु समुदायको माघि मिलन कार्यक्रम आयोजना गरिएको छ । बास्कोटा बरगर भल्मन्सा लगायत समुदायले थारु समुदायको नयाँ वर्षको रूपमा मानिने माघ महिनालाई सोमबारको दिन उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बास्कोटा भलमन्सा धनी राम चौधरीको सभापतित्वमा पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी प्रमुख अतिथि रहेकी थिइन ।

Navadurga sun

सोही कार्यक्रममा थारु समुदायको माघि पर्वको अवसर पारी पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुन कुमारी चौधरीको पहलमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोग लगायत गोदावरी ४ नं वडा कार्यालय, बास्कोटा सामुदायिक वन कार्यालयको सहयोगमा सम्पन्न भएको थारु देव थान संग्रालय सोमबार पूर्व मन्त्री चुन कुमारी चौधरीले उद्घाटन गरेका हुन् । भवन निर्माणका प्रदेश सरकारको ५ लाख, वडा कार्यालयको साढे ३ लाख र डेढ लाख बराबरको श्रमदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरीले माघ महिनाको दोस्रो दिन प्रवेश एउटा थारु समुदायको देवथान उद्घाटन गर्न पाउँदा खुसी ब्यक्त गर्दै थारु जात समुदायको पर्व मसान्त देखी सुरुहुदा पौष महिनाको मसान्त देखि आज नयाँ वर्षको तेश्रो दिनमा प्रवेश हो यो महिना भनेको थारु समुदायको ठूलो माघी पर्व हो आज को दिन देखि बरगर भलमन्सा सँग छलफल गर्ने र वर्षभरिका लागि के-के योजना गर्ने कसरी जाने भन्ने कुराको समेत छलफल हुने उनले बताइन ।

“मैले पहल गरेको थुप्रै विकाशको कामहरु अघिबढी रहेका छन् र म यो जनताहरुको समृद्धि लागि निरन्तर लागिरहने छु ।” उनले भनिन्, “वास्तवमा हाम्रो सुदूरपश्चिम रहनसहन, भेषभुषा, चालचलन लगायत बिभिन्न जात, धर्म र संस्कृतिले भरिएको एउटा ऐतिहासिक सुदूरपश्चिम हो त्यसैले थारु होस् र पहाडि होस् हामी एउटै नेपाली हौं ।” त्यसैले मैले कुनै पनि सामाजिक किसिमको योजना हाल्ने समयमा चुरेमा लामाहरुका लागि, वनदेवी मन्दिरको लागि, जनजातिहरुको लागि, साथै आज उद्घाटन गरेको गोदावरी वडा ४ बास्कोटामा थारु संग्रालयको भवन लागि सबैलाई समान व्यवहार गरी मेरो पहलमा यी योजनाहरू गरेको उनले बताइन । उनले पदले मात्रै हुँदैन मन हुनपर्छ भने म पदमा रहँदा या नरहँदा किन न होस् समग्र समाजिक विकासका काममा सधै लागि रहने बताइन ।

त्यस्तै गोदावरी नगपालिका वडा नं ४ का अध्यक्ष हेम प्रकाश मल्ल विशिष्ठ अतिथि रहनु भएको भने अतिथीमा बास्कोटा सामुदायीक वनका अध्यक्ष कृष्णा जोशी लगायत भद्रभलादमीहरुको उपस्थित रहेको थियो ।

ADD Khali jpg
Loading...