धनगढी- नागरिक उन्मुक्ती पार्टी सुदूरपश्चिम प्रदेशमा गठवन्धनमै बस्ने भएको छ । तर सरकारमा भने सामेल नहुने भएको छ । उक्त पार्टीका नेता लक्ष्मण चौधरीले गठवन्धन नछोड्ने तर सरकारमा नजाने र उपसभामुख पद पनि नलिने बताए । उनले उसभामुख कसलाई बनाउनु हुन्छ निर्णय गर्नुस भनेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई भनि सकेको बताए । हामीले सभामुख र उपसभामुखमा सत्तारुढ पक्षकै उम्मेदवारलाई सघाउछौ चौधरीले भने।
नागरिक उन्मुक्ती तटस्थ बसकोले सत्ता पक्षका माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी दुई पटक चुनाव हुँदा पनि ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ मत नपाएर चुनिन सक्नु भएको छैन । उनले पुस २८ गतेको पहिलो चुनावमा २६ र पुस ३० गतेको दोस्रो चुनावमा २२ मत पाउनु भएको थियो । सत्ता पक्षसंग माओवादीका ११, एमालेका १०, उन्मुक्तीका सात र राप्रपाका एक गरेर २९ मत छन् ।
यस्तै गरेर विपक्षी गठवन्धनका सभामुखका उम्मेदवार मानबहादुर रावलले पहिलो चुनावमा २३ र दोस्रोमा २२ मत पाउनु भएको थियो । उनले पहिलो चुनावमा नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जनाको मत पाउनु भएको थियो । भने सभामुखको भूमिकामा रहनु भएका शिवराज भट्टले भने मतदान गर्नु भएन । पछिल्लो चुनावमा पनि भट्टले मतदान गरेनन् भने कांग्रेसकै सरस्वती खड्का अनुपस्थित भईन ।
