अत्तरिया– अत्तरियामा सञ्चालन भईरहेको महोत्सवमा आईतबार दर्शकहरु खचाखच भरिएका छन् । आईतबार अर्थात माघे संक्रान्ति भएकोहुँदा पनि होला दर्शकहरु महोत्सव सञ्चालन भईहरको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा दर्शकहरु भरिएका हुन।






पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव दिनप्रतिदिन दर्शक घुइँचो बढ्न थालेको हो । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले अपेक्षा भन्दा बढी दर्शक आएको बताए । उनले दर्शकहरुको आवश्कता अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शकहरुको उपस्थिति बाक्लो रहेको बताए ।





४ दिनहरुमा आजको सहभागिता देखर उत्साहित भएको बताए । उनले यस महोत्सव लाई नियमित रुपमा दर्शकहरुले यसरी नै अवलोकन गरी साथ सहयोग गरी दिनुहुन अनुरोध समेत गरे । यस्तै, अध्यक्ष देवकोटाले माघ २ गते का दिन राष्ट्रिय एकदमै प्रख्यात गायक पुष्कल शर्मा, धोज राज महरा र राज कुश्मी आउने जानकारी दिए ।
आईतबार गायीका इन्दिरा जोशी र लोक देउडा तथा लोक पप गायक चेतन बोहराको प्रस्तुति रहेको थियो । जोशी र बोहराको गितमा दर्शकहरु मनोरञ्जन गरी झुमेका थिए ।




