
अत्तरिया– कैलालीको गोदावरीमा लाग्ने मकर सक्रान्ती मेलाको अवसरमा निःशुल्क चिया वितरण कार्यक्रमको आयोजना गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिकामा रहेको विश्व हिन्दु युवा संघ वाल क्लव, थ्रिडिभियल क्रियसन र अत्तरिया जुनियर जेसिजको आयोजना भोलि १ गते निःशुल्क चिया वितरण गरिने भएको हो । आयोजकले गोदावरी धाम जाने हिन्दुधर्मालम्वीहरुलाई निशुल्क चिया वितरण जनाएको छ ।
